Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

१५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने

१५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने

  • बिहिवार, भाद्र ३१ २०७८

  • 633
    SHARES

  • १५ दिन भित्र युरिया मल नेपाल आइपुग्ने, अभाव नहुने

    काठमाडौं। किसानले धान लगायत अन्यबालीमा रासायनिक मल प्रयोग गर्न नपाएको गुनासो बडेसँगै कृषि सामाग्री कम्पनीले १५ दिन भित्र मल नेपालमा भित्र्याउने तयारी थालेको छ ।

    इन्डोनेसियाबाट मल खरिद प्रकृया अघि बढेकाले असोज १५ गतेसम्ममा युरियामल नेपाल आई पुग्ने कृषि सामाग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

    चीनबाट खरिद गरिएकाले डिएपी मल लोड भई सकेको जनाउदै आउने असोज २० सम्ममा मल नेपाल आइपुग्ने उहाँले जानकारी दिनुभयो ।
    किसानले धान लगायतका अन्य मुख्यबालीमा रासायनीक मल प्रयोग गर्ने समय अन्तिम भए पनि मल प्रयोग गर्न नपाएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका अध्यक्ष नवराज बस्नेतले गुनासो गर्नुभयो ।

    पर्याप्त मल खरिद गर्न नपाउदाँ धान उत्पादनमा समेत असर पर्ने भन्दै किसानले यस अघि बाली हुर्किने समयमै तत्काल मल उपलब्ध गराउन पटक पटक माग गरेको उहाँको भनाई छ ।

    यता कृषि सामाग्री कम्पनीले भने आफूहरुसँग हाल २४ सय टन युरिया, ३६० टन डिएपी र ११ सय टन पोटास मल मौज्दात रहेको र आफुहरुसँग किसानले माग नगरेको पोखरेलले बताउनुभयो ।

    आर्थिक वर्ष २०७६÷०७७ मा कम्पनीले एक लाख ८२ हजार पाँच सय युरिया, एक लाख १४ हजार पाँच सय डिएपी र सात हजार पाँच सय मेट्रिकटन पोटास गरी जम्मा तीन लाख चार हजार पाँच सय मेट्रिकटन मल खरिद गरेको थियो ।

    यो अघिल्लो वर्षको तुलनामा बढी रहेको उहाँले जानकारी दिनुभयो । कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ मा युरिया एक लाख ४० हजार मेट्रिकटन , डिएपी ७० हजार, पोटास पाँच हजार गरी जम्मा दुई लाख १५ हजार मेट्रिकटन मात्र मल खरिद गरेको थियो । चालु वर्षमा भने मलको माग बढेसँगै थप मल खरिद गरिएको कम्पनीले जनाएको छ ।

    हामी किसानलाई मलको समस्या हुन दिन्नौ, प्रवक्ता पोखरेलले भन्नुभयो । मल अभाव हुन नदिन भन्दै सरकारले कृषि सामाग्री कम्पनी लिमिटेड, साल्ट टे«डिङ कर्पोरेसन लिमिटेडलाई रासायनिक मल आपूर्ति र व्यवस्थापनको जिम्मा दिएको छ ।


    बिहिवार, भाद्र ३१ २०७८०२:४७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij