Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एक हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

एक हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

  • शनिवार, आश्विन २ २०७८

  • 605
    SHARES

  • एक हजार कोभिड संक्रमित थपिए, १६ जनाको मृत्यु

    काठमाडौँ – पछिल्लो २४ घण्टामा मुलुकमा १ हजार ६६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    ११ हजार ३८५ वटा नमूना (पीसीआर ८,५४० र एन्टीजेन २,८१८) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १६ जनाको मृत्यु भएको छ भने १२ सय ३४ जना डिस्चार्ज भएका छन् ।

    गत २४ घण्टामा १ लाख ७० हजार ३१७ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा २५ हजार ८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नेपालमा कूल ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने ११ हजार २८ जनाले ज्यान गुमाएका छन् ।

    अहिलेसम्म आईसीयूमा ३८९ जना, भेन्टिलेटरमा १२१ जना, होम आइसोलेशनमा २३,६३६ जना, संस्थागत आइसोलेशनमा १,५४६ र क्वारेन्टाइनमा २४६ जना रहेको तथ्यांकमा उल्लेख छ ।

    मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाइरसको संक्रमणदर ९.३ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ । मुलुकमा निको हुनेको दर ९५.४ प्रतिशत छ ।


    शनिवार, आश्विन २ २०७८०६:०३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij