Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कैदीबन्दीमा कोरोना संक्रमणपछि वीरगञ्ज कारागार ’सिल’

कैदीबन्दीमा कोरोना संक्रमणपछि वीरगञ्ज कारागार ’सिल’

  • शुक्रवार, श्रावण १६ २०७७

  • 514
    SHARES

  • कैदीबन्दीमा कोरोना संक्रमणपछि वीरगञ्ज कारागार  ’सिल’

    वीरगञ्ज । वीरगञ्ज कारागारमा एक महिलासहित आठजनामा कोरोना संक्रमण भेटिएपछि कारागार ’सिल’ गरिएको छ।

    कारागार प्रमुख श्रवणकुमार पोखरेलका अनुसार संक्रमित कैदीबन्दीलाई कारागारको हाताभित्र स्थापना गरिएको आइसोलेसन कक्षमा तथा कर्मचारीलाई समता स्कुलमा स्थापना गरिएको आइसोलेसन कक्षमा राखिएको छ।

    एक जना महिला कैदीबन्दीलाई उनकै कोठामा आइसोलेसन बनाएर उपचार भइरहेको छ। अहिले कारागारभित्र प्रशासनिक कामबाहेक सबै काम बन्द रहेको छ।

    कारागारभित्र कोरोनाको उच्च जोखिम बढेपछि कैदीबन्दीहरुको सम्पर्कमा आएको आफन्तको स्वाब परीक्षण गर्न उनीहरूको खोजी भइरहेको कारागार प्रशासनले जनाएको छ ।

    हाल कारागारमा महिला पुरुष तथा आश्रित बालबालिका गरी एक हजार २१४ कैदीबन्दी छन्। ती कैदीबन्दीलाई अहिले अदालतमा उपस्थित गराउने काम बन्द गरिएको छ। कारागारमा भारतीय कैदीबन्दी बढी छन्।

    कारागारमा कोरोना संक्रमित भेटिएपछि अन्य कैदीबन्दीलाई संक्रमण नहोस् भनेर कारागार ’सिल’ तथा भेटघाट बन्द गरिएको छ। रासस

     


    शुक्रवार, श्रावण १६ २०७७०७:४५:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij