Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा १३३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

२४ घण्टामा १३३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

  • मंगलवार, आश्विन ५ २०७८

  • 533
    SHARES

  • २४ घण्टामा १३३० जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए?

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    ९ हजार ६२६ पीसीआर परीक्षण गर्दा १ हजार ३६ जना र ३ हजार ९६६ एन्टिजेन परीक्षण गर्दा २९४ गरी १ हजार ३३० जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने १ हजार ८३० जना निको भएका छन् ।
    आज थपिएसँगै संक्रमितको कुल संख्या ७ लाख ८६ हजार ५७७ पुगेको छ । योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५३ पुगेको छ भने ७ लाख ५४ हजार जना संक्रमणमुक्त भएका छन् ।
    मन्त्रालयका अनुसार हाल देशभर २१ हजार ५२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये २० हजार १६४ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ३६० जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ३३५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
    मन्त्रालयका अनुसारका आज जिल्लागत रुपमा सबैभन्दा धेरै काठमाडौंमा २६१, कास्कीमा १०६, ललितपुरमा ९८, मोरङमा ९६ र सुनसरीमा ७१ ज्नामा संक्रमण पुष्टि भएको छ ।
    यस्तै चितवनमा ६८, झापामा ५१, भक्तपुरमा ४३, रुपन्देहीमा ३९, मकवानपुरमा २०, कैलालीमा १४, नवलपरासी पुर्वमा १३ र काभ्रेपलाञ्चोकमा ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


    मंगलवार, आश्विन ५ २०७८०४:४७:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij