Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीले दिए सरकारलाई ग्रहणको संज्ञा : भने –त्यतातिर नहेर्नू, अशुभ हुन्छ

ओलीले दिए सरकारलाई ग्रहणको संज्ञा : भने –त्यतातिर नहेर्नू, अशुभ हुन्छ

  • मंगलवार, आश्विन ५ २०७८

  • 612
    SHARES

  • ओलीले दिए सरकारलाई ग्रहणको संज्ञा : भने –त्यतातिर नहेर्नू, अशुभ हुन्छ

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीको मुख थुन्न सरकारले पदक बाँडेको टिप्पणी गर्नुभएको छ ।

    मंगलवार मदन भण्डारीको जीवनीबारे लेखिएको पुस्तक ‘श्वेत शार्दुल’ सार्वजनिकीकरण कार्यक्रममा ओलीले न्यायाधीश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताउनुभयो ।

    आफ्नो सरकारको पालामा विरोध गर्ने बुद्धिजिवी र नागरिक समाजहरूले अहिले देउवा नेतृत्वको सरकारले रत्नपार्कमा बसेर वितरण गरेको जस्तो ह्वारह्वार पदक वितरण गर्दा पनि विरोध नगरेकोप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री भएको बेला यसरी वितरण गरेको भए ओहो । के हुन्थ्यो ? बुद्धिजिवीहरूले के भन्थे ? नागरिक समाज के भन्थ्यो ? आज रमाइलो छ सबै चुपचाप छन् । सञ्चो छ । शान्त छ ।’

    अध्यक्ष ओलीले गठबन्धनले आकांक्षीलाई २५ जनाभित्र समेट्न नसकेका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको टिप्पणी गर्नुभयो ।

    सरकारले युवापुस्तामा वर्तमान राजनीतिप्रति निराशा र वितृष्णा पैदा गर्ने काम गरेको ओलीको आरोप छ । उहाँ वर्तमान सरकारलाई ग्रहणको संज्ञा दिँदै त्यतातर्फ नहेर्न अनुरोध गर्नुभयो ।

    सरकारतर्फ हेरे अशुभ हुने तर्क गर्दै ओलीले भननुभयो, ‘जनतामा राजनीतिप्रति निराशा, वैराग्य भाव, विरक्ति, वितृष्णा पैदा गर्ने कोसिस भएको छ । दिउँसै पनि ग्रहण लाग्यो भने ग्रहणतिर नहेर्नु भन्छन् । अहिले ग्रहण लागेको छ । यो ग्रहणतिर हेर्ने काम छैन । यो ग्रहण लागेको छ । अशुभ छ । २५ मा सहज हुन उहाँहरूलाई सहज भइराखेको छैन । देशको बहुमुल्य समय बर्बाद भो । चिन्ता हो । दुरुपयोग भो चिन्ता हो ।’

    उहाँले पदकका आँखा हुन्थे र आँशु हुन्थे भने सर्माएर बरबर रुन्थ्यो भनेर व्यंग्य गर्नुभयो ।

    ‘धरधर रुन्थ्यो पदक । बोल्न जान्दथ्यो भने त्यसले नारा लगाउथ्यो उफ्रिएर । जान्ने हो भने मान्छेले होइन पदकले पनि विद्रोह गर्थ्यो’, ओलीले भन्नुभयो ।


    मंगलवार, आश्विन ५ २०७८०५:३६:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij