Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप दिइदै

काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप दिइदै

  • सोमवार, आश्विन ११ २०७८

  • 1.3K
    SHARES

  • काठमाडौं महानगरमा आजबाट १८ वर्षमाथिकालाई एस्ट्राजेनेका खोप दिइदै

    काठमाडौँ । काठमाडौं महानगरपालिकामा आजबाट कोभिडविरुद्धको खोप एस्ट्राजेनेका को पहिलो मात्रा दिईने भएको छ।
    ३२ वटै वडाका खोप केन्द्र तथा सातवटा अस्पतालमा खोप कार्यक्रम सञ्चालन गरिएको महानगरले जनाएको छ ।
    महानगरका अनुसार १८ वर्षमाथिका सबै नागरिकले केन्द्रमा गएर खोप लगाउन सक्नेछन् । नेपाल प्रहरी अस्पताल महाराजगन्ज, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, निजामती कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र अस्पताल छाउनीमा खोप लगाउन सकिनेछ ।
    बिहान १० बजेबाट सुरु भएको खोप कार्यक्रम अपराह्न ४ बजेसम्म चल्नेछ ।


    सोमवार, आश्विन ११ २०७८०१:१२:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij