Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

  • मंगलवार, आश्विन १२ २०७८

  • 831
    SHARES

  • माओवादी नेता पुनलाई उपचारका लागि थाइल्याण्ड लगिँदै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ ।
    उहालाई बुधबार बिहान बैंकक लगिने पारिवारिक स्रोतले जनाएको छ । उहाँ बुधबार बिहान आठ बजे बैंकक प्रस्थान गर्नुहुने छ ।
    नेता पुन लामो समयदेखि जण्डिस बिग्रिएपछि देखिने समस्याबाट पीडित हुनुहुन्छ ।
    चार वर्ष पहिले पनि उहालाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उहाले उपचार गराउनुभएको थियो । फेरि पनि स्वास्थ्यमा समस्या देखिएपछि आइतबार सुमेरु अस्पतालमा उहाको स्वास्थ्य परीक्षण गरिएको थियो ।
    परीक्षणको क्रममा रगतमा बेलिरुबिनको मात्रा बढेको पाइएको पारिवारिक स्रोतले बतायो । सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुनलाई निवासमै गएर भेट्नुभएको थियो ।


    मंगलवार, आश्विन १२ २०७८०१:१९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij