Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागे : ओली

सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागे : ओली

  • मंगलवार, आश्विन १२ २०७८

  • 694
    SHARES

  • सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागे : ओली

    काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारमाध्यमको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

    आज मंगलबार सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा ओलीले सरकारले संविधान मिच्दा पनि मिडिया चुप लागेको आरोप लगाउनुभयो।
    ’मिडियाले आलोचना नगर्दा सरकारले गल्ती गरिरहेको छ,’ ओलीले भन्नुभयो, ’हामीलाई सञ्चारले खबरदारी गरेको कारण गल्ती कम भयो ।’

    उहाँले लोकतान्त्रिक प्रणालीप्रति चिन्ता उत्पन्न भएको पनि बताए । आफू प्रधानमन्त्री हुँदा निर्वाचन घोषणा गरेको विषय उठाउँदै ओलीले प्रतिगमन शब्दको दुरुपयोग भएको उल्लेख गरे । ’प्रतिगमन शब्दको दुरुपयोग भयो । जनादेश जाने कुरा कसरी प्रतिगमन भयो ?,’ ओलीको प्रश्न थियो ।

    यस्तै, अध्यक्ष केपी शर्मा ओलीले सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश पार्टी फुटाउने प्रयोजनका लागि ल्याएको पुष्टि भएको बताउनुभएको छ । आज बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नियतपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताउनुभएको हो ।

    ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलको विरुद्धको षड्यन्त्र भएको बताइएको छ ।

     


    मंगलवार, आश्विन १२ २०७८०५:४९:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij