Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अब एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाउने हो : ओली

अब एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाउने हो : ओली

  • मंगलवार, आश्विन १२ २०७८

  • 1.1K
    SHARES

  • अब एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाउने हो : ओली

    काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान मिच्दा पनि सञ्चार माध्यम चुप लागेर बसेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।

    आज प्रमुख सञ्चार माध्यमका सम्पादकहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले अहिलेको सरकारलाई सञ्चार माध्यमले आफ्नो सरकारलाई जति खबरदारी नगरेको बताउनुभयो ।

    संविधान मिचिँदा पनि सञ्चार माध्यम चुप लागेको जस्तो देखिएको उहाँले बताउनुभयो ।

    आफ्नो सरकारलाई सञ्चार माध्यमले खबरदारी गरेर धेरै सहयोग गरेको भन्दै ओलीले त्यसका लागि धन्यवाद पनि दिनुभयो ।

    छलफलका क्रममा ओलीले विमान दुई पाइलटले चलाउँदा राम्रो हुने भए पनि पार्टी भने चल्न नसक्ने रहेछ भन्ने ज्ञान प्राप्त भएको टिप्पणी गर्नुभयो ।

    तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएर भनेको नेकपामा दुई अध्यक्ष राखिएपछि ओलीले त्यसलाई दुई पाइलटले चलाएको जेटको संज्ञा दिनुभएको थियो ।

    दुई पाइलटले कुशलतापूर्वक जेट चलाउँछौं भनेको भए पनि नेकपा भने तीन वर्षमै विभाजित भयो । नेकपा विभाजनको सन्दर्भलाई लिएर ‘दुई पाइलटले चलाएको विमान दुर्घटनामा प¥यो नि’ भन्ने प्रश्नमा ओलीले विमान चले पनि पार्टी भने नचल्दो रहेछ भन्ने जवाफ दिनुभएको हो ।

    अब चुनावपछि बहुमत ल्याएर एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाउने दाबी ओलीले गर्नुभयो ।

    अहिले नेकपासँगै एमाले पार्टी पनि फुटेर दुई टुक्रा भएको छ । एकीकृत हुन लागेको कम्युनिष्ट शक्ति छिन्नभिन्न भएको छ । तर ओलीले फेरि पनि चुनावपछि एकल पाइलटवाला ‘सुपरफास्ट जेट’ चलाउने दाबी गर्नुभएको हो ।

    पार्टी विभाजन भएर जाँदा पनि एमालेमा असन्तुष्टि मत्थर भएको छैन । आज सुदूरपश्चिम इन्चार्जलाई लिएर सञ्चार माध्यममा भीम रावल र लेखराज भट्टले आ–आफ्नै दाबी गरे ।

    रावलले सुदूरपश्चिम इन्चार्जबारे विवाद रहेको र त्यो समाधानको क्रममा रहेको दाबी गर्नुभयो । तर नेता लेखराज भट्टले भने एमालेको सुदूरपश्चिम इन्चार्ज आफू नै रहेको दाबी गर्नुभयो ।

    पत्रकारहरुमाँझ भट्टले असन्तुष्टि र विवादहरुलाई समाधान गर्दै जाने सहमति भए पनि सुदूरपश्चिमको इन्चार्ज भने आफू नै रहेको प्रष्टसँग बताउनुभयो ।

    भट्ट नेकपा एकता भंग भएपछि माओवादी पार्टी त्यागेर एमालेमै बसेका नेता हुन् भने रावल अन्तरसंघर्षमा अध्यक्ष ओलीकाविरुद्ध लागेर माधवकुमार नेपाललाई साथ दिएका नेता ।

    रावलले अन्तिम समयमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै रहने निर्णय गर्नुभएको थियो ।

    रावल माधव नेपालतिर लागेका बेला ओलीले भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोक्नुभएको थियो भने १० बुँदे सहमतिपछि पनि भट्ट नै इन्चार्ज हुने पटक–पटक बताउँदै आउनुभएको छ ।


    मंगलवार, आश्विन १२ २०७८०७:५०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij