Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना कारण थप १ जनाको मृत्यु ,मृतकको संख्या ५६ पुग्यो

नेपालमा कोरोना कारण थप १ जनाको मृत्यु ,मृतकको संख्या ५६ पुग्यो

  • शुक्रवार, श्रावण १६ २०७७

  • 733
    SHARES

  • नेपालमा कोरोना कारण थप १ जनाको मृत्यु ,मृतकको संख्या ५६ पुग्यो

    काठमाडौं । नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार (आज) मृत्यु भएको अस्पतालले जनाएको छ ।

    स्टार अस्पताल सानेपामा उपचार क्रममा गत असार ६ गते कोरोना पोजिटिभ देखिएपछि उनलाई पाटन अस्पतालमा रिफर गरेका ती संक्रमित महिलामा निमोनियाको समस्या देखिएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । अहिले उनको शव अस्पतालमै रहेको र आजै सेनाले व्यवस्थापन गर्ने अस्पतालले जनाएको छ ।


    शुक्रवार, श्रावण १६ २०७७०२:२९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij