Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना अपटेड : १,०६६ जनामा संक्रमण, १३ को मृत्‍यु,९३८ निको

कोरोना अपटेड : १,०६६ जनामा संक्रमण, १३ को मृत्‍यु,९३८ निको

  • शुक्रवार, आश्विन १५ २०७८

  • 655
    SHARES

  • कोरोना अपटेड : १,०६६ जनामा संक्रमण, १३ को मृत्‍यु,९३८ निको

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा संक्रमण देखिएकोे छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ९३८ जना निको भएका छन् ।
    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ९५९ पुगेको छ । जसमध्ये ७ लाख ६६ हजार ६९६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १६ हजार ८८१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार २३४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । तीमध्ये ३५४ जना आईसीयू र ११६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
    यस्तै २४२ जना क्वारेन्टीमा रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा २६६, कास्कीमा ८४, मोरङमा ७६, ललितपुरमा ६२, झापामा ५७, सोलुखुम्बुमा ५१ जनामा संक्रमण पुष्टि भएको छ ।
    यस्तै रुपन्देहीमा ४४, सुनसरीमा ३५, चितवनमा ३२, भक्तपुरमा ३१, दाङमा १३ र काभ्रेपलाञ्चोकमा १२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


    शुक्रवार, आश्विन १५ २०७८०५:१४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij