काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बहुमत दिलाएर नेतृत्व छाड्ने बताउनुभएको छ ।
पार्टीको विधान महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘बहुमतमा पुर्याएर यस्तो उस्तो कुनै मधुकैटवले हल्लाउन नसक्ने सुदृढ स्थितिमा पुर्याएर छोड्ने हो ।’
उहाँले पार्टीका अगुवा र प्रिय साथीका रुपमा आफूमाथि देखाएको विश्वासमा एक इन्च पनि तलमाथि हुन नदिने बताउनुभयो ।