Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो र एप

एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो र एप

  • आइतवार, आश्विन १७ २०७८

  • 1.2K
    SHARES

  • एमालेले सार्वजनिक गर्‍यो नयाँ लोगो र एप

    काठमाडौं – नेकपा एमालेले पार्टीको नयाँ लोगो र एप सार्वजनिक गरेको छ ।

    ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले लोगो र एप सार्वजनिक गर्नुभयो ।

    एमालेको नयाँ लोगोको बीचमा सूर्य चिन्हको बीचमा हँसिया हथौडा छ । यसअघि सूर्य चिन्हको बीचमा सीपीएन यूएमएल लेखेर हँसिया हथौडा राखिएको थियो ।

    एपले सबै कार्यकर्तालाई एउटै सञ्जालमा जोड्न मद्दत गर्ने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार नयाँ सदस्यता एपमार्फत लिन सकिन्छ भने पार्टीले तोकेको शुल्क तिरेर सदस्यता नवीकरण गर्न सकिनेछ ।

    उहाँका अनुसार पार्टीको निर्णय र अपानिहरु एपमार्फत सबै कार्यकर्तालाई एकसाथ दिइनेछ भने एपमा पार्टीका सबै कमिटी, जनवर्गीय संगठनको प्रोफाइल हुनेछ ।


    आइतवार, आश्विन १७ २०७८०५:५९:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij