Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

  • सोमवार, आश्विन १८ २०७८

  • 768
    SHARES

  • आजै मन्त्रिपरिषद विस्तार हुन्छ : प्रचण्ड

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आजै नयाँ मन्त्रीहरुलाई शपथ गराउने कोसिस रहेको बताएका छन् । सोमबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले मन्त्रिपरिषद् विस्तारको सम्भावना रहेको बताएका हुन् ।
    केही समययता उनले आजभोलि नै मन्त्रिपरिषद् विस्तार हुने बताउँदै आएका छन् । सोमबार पनि त्यही भनाइ दोहोर्यातएका हुन् । ’आजै शपथ ग्रहण गराउने भन्ने कोसिस अझै पनि छ’, उनले भने, ’नभए पनि आज टुंग्याउने भन्ने भएकोले म छिटो जानुपर्ने छ।’

    सत्तारुढ गठबन्धनमा भागवण्डा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवा नियुक्त भएको झण्डै तीन महिनासम्म मन्त्रिपरिषद विस्तार हुन सकेको छैन । ६ जना सदस्यका साथ देउवाले सरकार चलाइरहेका छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिएकोमा उनको चर्काे आलोचना भइरहेको छ ।


    सोमवार, आश्विन १८ २०७८०२:३५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij