काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १६७ पीसीआर परीक्षणमा ५८२ र २ हजार ३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएकामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
हाल देशभर भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ४३ लाख ९६ हजार ३४ नमुना परीक्षण भएका छन् । त्यसमध्ये ८ लाख १० हजार ८८० जनामा पोजेटिभ देखिएको छ । त्यस्तै ६ लाख ५१ हजार २४९ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको छ । एन्टिजेन र पीसीआर दुबै विधिको गरी हालसम्म ५० लाख ५४ हजार ९८३ जनामा परीक्षण गर्दा ९ लाख ५ हजार १८५ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये ७ लाख ८९ हजार १२५ जना निको भइसकेका छन् । यस्तै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३८० जना पुगेको छ ।