Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

  • मंगलवार, कार्तिक १६ २०७८

  • 503
    SHARES

  • पछिल्लो २४ घण्टामा ४६९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ११५ पीसीआर परीक्षणमा ४२२ र ३ हजार १७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै काठमाडौंमा ९९, ललितपुरमा ३६, कास्कीमा ३३, झापामा ३०, रुपन्देहीमा २९, चितवनमा २७, मोरङमा २५, सुनसरीमा २२ र नुवाकोटमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।
    संक्रमणका कारण पछिल्लो सोहि अवधिमा ११ जनाको मृत्यु भएको छ भने ५५५ संक्रमणमुक्त भएक छन् ।
    आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ । ती मध्ये ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४२७ जनाको मृत्युभइसकेको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर ९ हजार १७४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८ हजार ४६८ जना होम आइसोलेसनमा रहेका छन् भने ७०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    मंगलवार, कार्तिक १६ २०७८०४:१६:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij