Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाले बढायो हमला, वीरगञ्जमा थप एकजनाको मृत्यु

नेपालमा कोरोनाले बढायो हमला, वीरगञ्जमा थप एकजनाको मृत्यु

  • शनिवार, श्रावण १७ २०७७

  • 820
    SHARES

  • नेपालमा कोरोनाले बढायो हमला, वीरगञ्जमा थप एकजनाको मृत्यु

    काठमाडौँ – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगञ्जमा ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    नारायणी वयोधा अस्पतालमा शुक्रबार पीसीआर परीक्षणका लागि स्वाव संकलन गरिएकी ती महिलाको रिपोर्ट नआउँदै मृत्यु भएको हो ।

    मधुमेहबाट ग्रसित ती महिलामा निमोनिया र हाईपर टेनसनको समेत समस्या रहेको चिकित्सकहरुले बताएका छन्।

    योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५७ पुगेको छ ।

    पर्सा जिल्लामा मात्रै पछिल्लो १० दिनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ ।


    शनिवार, श्रावण १७ २०७७०५:३७:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij