Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगद्वारा बैधता

रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगद्वारा बैधता

  • बिहिवार, कार्तिक १८ २०७८

  • 864
    SHARES

  • रवीन्द्र मिश्र पक्षलाई निर्वाचन आयोगद्वारा बैधता

    काठमाडौँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टीमा अध्यक्ष रवीन्द्र मिश्र पक्षले गरेको विधान संशोधनलाई मान्यता दिएको छ ।
    मिश्र नेतृत्वमा बसेको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विधान संशोधन गरेको थियो । संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ भने संघीयता र खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा उभिएको छ ।
    त्यो निर्णयअनुसार विधान संशोधन र केन्द्रीय समिति सदस्य १२४ जना (५ जनाको राजीनामा र एक जनाको मृत्यु भएका कारण) कायम भएको जानकारी गराउँदै विवरण अद्यावधिक गर्न पत्र लेखेको थियो । आयोगले हिजो विवेकशील साझाको विवरण अद्यावधिक भएको जानकारी गराएको छ ।
    अब पार्टीको काम कारबाही अघि बढाउन कुनै कानुनी अवरोध नभएको विज्ञप्तिमा जनाइएको छ । अध्यक्ष रवीन्द्र मिश्रले फरक मत राख्ने पार्टीका नेताहरुलाई विमति भए पनि केन्द्रीय समितिको अत्यधिक बहुमत र निर्वाचन आयोगको निर्णयलाई सम्मान गर्न आग्रह गर्नुभएको छ । उता संयोजक मिलन पाण्डेपक्षले भने मिश्रले विवेकशील साझा पार्टी फुटाएको आरोप लगाएको छ ।

    यस्तो छ विज्ञप्तिको पूर्णपाठ :

    rabindra-mishra baidhta  bigyapti.jpg


    बिहिवार, कार्तिक १८ २०७८०३:३६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij