Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पिसिआर परीक्षण पर्याप्त भइरहेको प्रधानमन्त्रीका सल्लाहकारको दावी, चिकित्सक तथा विज्ञहरु भने असहमत

पिसिआर परीक्षण पर्याप्त भइरहेको प्रधानमन्त्रीका सल्लाहकारको दावी, चिकित्सक तथा विज्ञहरु भने असहमत

  • आइतवार, श्रावण १८ २०७७

  • 667
    SHARES

  • पिसिआर परीक्षण पर्याप्त भइरहेको प्रधानमन्त्रीका सल्लाहकारको दावी, चिकित्सक तथा विज्ञहरु भने असहमत

    काठमाडौं । नेपालमा पिसिआर परीक्षण पर्याप्त नभएकाले तत्काल बढाउनु पर्ने सर्वत्रबाट दवाव भइरहेका बेला सरकारी पदाधिकारीहरुले भने पर्याप्त भइरहेको दावी गरेका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकार डा राजन भट्टराईले नेपालमा पिसिआर परीक्षण पर्याप्त भइरहेकाले आत्तिनु नपर्ने दावी गर्नुभएको हो ।

    सरकारलाई आलोचना गर्नका लागि बोल्नेहरुले मात्रै परीक्षण पर्याप्त नभएको भन्ने गरेको तर्क गर्दै उहाँले अन्य देशको तुलनामा नेपालमा पिसिआर परीक्षणको अनुपात धेरै रहेको दावी गर्नुभयो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “अन्य देशको जनसंख्याको अनुपातमा त्यहाँको परीक्षणको संख्या निकै कम छ, तर नेपालमा निकै धेरै भइसकेको छ ।”

    अझै पनि कम परीक्षण भयो भन्नेहरुलाई उहाँले नबुझेका व्यक्ति वा सरकारप्रति पुर्वाग्रही व्यक्तिको संज्ञा दिनुभयो । तर चिकित्सक तथा विज्ञहरुले भने पिसिआर परीक्षणको दायर झै व्यापक बनाउदै लैजानु पर्नेमा सरकारले खुम्च्याउदै लगेको बताउने गरेका छन् ।

    नेपालमा कोरोनाबाट मृत्यु भएकाहरुको संख्या पनि निकै कम भएको सल्लाहकार भट्टराईको दावी छ । प्रदेश प्रदेशमा आइसोलेसन सेन्टरहरु धमाधम खाली भएकाले चिन्ता मान्नु पर्ने वा आत्तिनु पर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।

    पिसिआर परीक्षण बनाउनु पर्ने, कोरोना नियन्त्रणका लागि सरकारले थप कदम र सक्रियता बढाउनु पर्ने, जिम्मेबार हुनु पर्ने, भ्रष्टाचारको छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग राख्दै भइरहेको आन्दोलनलाई उहाँले अनावश्यक रुपमा उचाल्ने प्रयासका रुपमा व्याख्या गर्नुभयो ।

    एनफ इस एनफ आन्दोलनप्रति लक्षित गर्दै प्रधानमन्त्रीका सल्लाहकार भट्टराईले भन्नुभयो, “सरकारलाई बदनाम गर्ने नियतका साथ केही पात्र तथा समूहलाई उचाल्ने काम भइरहेको छ ।”

    उहाँले उनीहरुको कडा आलोचना गर्दै आक्रोस व्यक्त गर्नुभयो । आन्दोलनकारीहरुको भूमिका गैह्रजिम्मेबारपूण भएको टिप्पणी गर्दै सल्लाहकार भट्टराईले अहिले सरकारको विरोधको आवश्यकता र औचित्य नै नभएको दावी गर्नुभयो ।


    आइतवार, श्रावण १८ २०७७०८:४८:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij