Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका १८३ जना संक्रमित थपिए, ६४९ जना निको

कोरोनाका १८३ जना संक्रमित थपिए, ६४९ जना निको

  • शुक्रवार, कार्तिक १९ २०७८

  • 505
    SHARES

  • कोरोनाका १८३ जना संक्रमित थपिए, ६४९ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार २ हजार ३ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १७४ जना र २ हजार ५ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जना गरी १८३ जनामा संक्रमण देखिएकोे छ ।
    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् ।
    आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ०९ हजार ०९३ पुगेको छ । ती मध्ये ७ लाख ९४ हजार ४३८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ४३८ जनाको मृत्यु भईसकेको छ ।
    हाल देशभर ८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । यसमध्ये ७ हजार ७६३ जना होम आइसोलेसनमा रहेका छन् भने ६५० जना संस्थागत आइसोलेसनमा रहेका छन् । जसमध्ये २०० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    शुक्रवार, कार्तिक १९ २०७८०४:२१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij