Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

  • शनिवार, कार्तिक २७ २०७८

  • 733
    SHARES

  • मंसिर १ देखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेस सभापतिको चेतावनी

    काठमाडौँ । नेपाली काँग्रेस डडेलधुराका सभापति कर्णबहादुर मल्लल डडेलधुरा कांग्रेसको वडा र पालिका अधिवेशन पुनः नगरिए केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनसन बस्ने चेतावनी दिनुभएको छ ।
    शनिबार (आज) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै डडेलधुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरू सानेपामा अनसन बस्ने घोषणा गर्नुभएको हो ।

    उहाले पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवाको निर्देशनमा समितिले काम गरिरहेको आरोप लगाउनुभएको छ । डडेल्धुरामा आफूहरुको बहिस्कारकाबीच भएको अधिवेशनलाई समितिले वैधता दिन नसक्ने दावी गर्नुभएको छ ।

    ‘हामीले लिखित रुपमा सप्रमाण निर्वाचन समितिमा उजुरी दिएका छौं, के कति कारणले डडेल्धुराको अधिवेशन वैध भएको हो, समितिले हामीलाई पनि जानकारी गराउनुपर्छ,’ जिल्ला सभापति मल्लले शनिबार(आज) पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै भन्नुभयो ‘केन्द्रीय सभापतिको निर्देशनमा समितिले काम गरिरहेको हो कि भन्ने हामीलाई लागेको छ ।’

    डडेल्धुरा जिल्ला कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाको गृहजिल्ला हो । डडेल्धुरामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असहमतिका बीच भएको वडा र पालिका अधिवेशनलाई निर्वाचन समितिले वैधता दिएको छ ।

    डडेल्धुरा जिल्ला सभापति मल्लले आफूहरुको माग सुनुवाइ नभएको भन्दै मंसिर १ देखि पार्टी कार्यालय सानेपामा अनसन बस्ने घोषणा गर्नुभयो । ‘११ दिन हामी पार्टी कार्यालय डडेल्धुरामा अनसन बस्यौं, त्यसको पनि कुनै सुनुवाइ भएन,’ उहाले भन्नुभयो, अब हामी डडेल्धुरा जिल्लाका सबै वडाका क्रियाशील सदस्यहरु सानेपामा अनसन बस्छौं ।’

    डडेल्धुरामा एकपक्षीय रुपमा अधिवेशन भएको भन्दै सभापति मल्ल पक्षले फेरि अधिवेशन हुनुपर्ने माग गर्दै आएको छ । तर निर्वाचन समितिले भने डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिँदै महाधिवेशन कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

    समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर ३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेसको वडा अधिवेशन नभएका जिल्लामा शनिवार (आज)देखि अधिवेशन प्रक्रिया शुरु भएको छ । देशभरका १३ जिल्लामा कांग्रेसको वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।


    शनिवार, कार्तिक २७ २०७८०१:२९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij