Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

  • सोमवार, कार्तिक २९ २०७८

  • 821
    SHARES

  • टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

    काठमाडौँ । अष्ट्रेलियाले पहिलो पटक आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि तिजेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो ।

    पहिलो पटक फाइनल पुगेको न्युजिल्याण्ड भने उपाधि जित्नबाट बन्चित भएको छ । उपाधि चुम्ने क्रममा न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

    अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले । मार्शले अविजित रहदै ७७ रनको योगदान गरे । उनले ५० बलमा ६ चौका र ४ छक्का प्रहार गरे । वार्नरले ५३ रनको योगदान दिए । यस्तै कप्तान आरोन फिन्च ५ रनमा आउट भए । ग्लेन म्याक्सवेल २८ रनमा अविजित रहे । न्युजिल्याण्डका ट्रेन्ट बोल्टले दुई विकेट लिए ।

    यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।

    यस्तै मार्टिन गुप्टिलले २८ रन जोड्दा ग्लेन फिलिप्सले १८ रन बनाए । डार्यल मिचेलले ११ रन जोडे । जेम्स निशमले अविजित १३ रन जोड्दा टिम सेइफर्टले अविजित ८ रन बनाए ।

    अष्ट्रेलियाले सेमिफाइनलमा बलियो टिम पाकिस्तानलाई ५ विकेटले हराएको थियो भने युजिल्याण्डले सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो ।


    सोमवार, कार्तिक २९ २०७८०६:४६:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij