काठमाण्डौ । आज देशका हिमाली तथा पहाडी एक÷दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । यस्तै लुम्बिनी प्रदेशको तराईका एक÷दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएराति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक÷दुई ठाउँमा छिटपुट वर्षा भएको छ । धेरै ठाउँको मौसम सफा छ । बंगालको खाडीमा विकसित ’अर्नब’ चक्रवातको प्रभाव सकिएसँगै हिजोदेखि मौसम खुलेको हो । बंगालको खाडीमा अर्को शक्तिशाली चक्रवात विकसित हुने सम्भावना भए पनि यसको असर नेपालमा नपर्ने महाशाखाले जनाएको छ । मौसमविद्हरुले पनि नयाँ प्रणालीको असर नपर्ने भएकोले ढुक्क भएर धान काट्न सुझाव दिएका छन् । मौसमविद्का अनुसार अब दुई हप्तासम्म नेपालमा ठूलो पानी पार्ने प्रणाली आउने संभावना छैन । हिजो भारतीय मौसम विज्ञान विभागले दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिमतर्फ अघि बढ्दै चक्रवाती आँधीमा परिणत हुने क्रममा रहेको जनाएको थियो ।