Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

‘ए’ डिभिजन लिगमा आज दुई खेल

‘ए’ डिभिजन लिगमा आज दुई खेल

  • आइतवार, मंसिर ५ २०७८

  • 497
    SHARES

  • ‘ए’ डिभिजन लिगमा आज दुई खेल

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज आइतबार दुई खेलहरु हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र एपीएफ फुटबल क्लब भिड्दै छन् । ब्रिगेड र एपीएफबीचको खेल दिउँसो १ बजे सुरु हुने छ ।

    आज दुबै टिम जित निकाल्दै सिजनको सुखद सुरुआत गर्ने योजनामा रहेका छन् । ब्रिगेड राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका फरवार्ड अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ । एपीएफको कप्तानी भने टोप बहादुर विष्टले गर्ने छन् ।

    यस्तै दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ । मनाङ र जावलाखेलबीचको खेल पौने ५ बजे सुरु हुने छ । उपाधि दाबेदार मनाङ जावलाखेललाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।

    कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ अन्जन विष्टको कप्तानीमा मैदान उत्रने छ । शीर्ष चारको लक्ष्य लिएको जावलाखेल समेत जित निकाल्दै सिजनको सुखद सुरुआत गर्न चाहन्छ । तर, मनाङलाई हराउँन कुलदिप कार्कीको कप्तानीमा रहेको जावलाखेललाई सहज हुनेछैन ।

    लिगमा ‘ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ‘बी’ डिभिजनमा झर्ने छन् ।


    आइतवार, मंसिर ५ २०७८०६:३९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij