Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै

  • मंगलवार, मंसिर ७ २०७८

  • 814
    SHARES

  • पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा भुटानको सामना गर्दै

    काठमाडौं - पहिलो खेलमा हङकङसँग पराजित नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा भुटानको सामना गर्दैछ ।

    मंगलबार दुबईको आईसीसी क्रिकेट एकेडेमीमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।  पहिलो खेलमा पराजित नेपाल भुटानविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । सोमबार भएको खेलमा नेपाल कमजोर प्रतिद्वन्दी हङकङसँग ६ विकेटले पराजित भएको थियो । 

    दक्षिण एसियाली प्रतिद्वन्दी भुटान भने लगातार दोस्रो जित निकाल्ने योजनामा हुनेछ । भुटानले पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो ।

    प्रतियोगितामा ६ टोली रहेका छन् । जसको विजेताले ग्लोबल छनोटमा स्थान बनाउने छ । ग्लोबल छनोटका दुई टोलीले विश्वकपमा स्थान बनाउनेछन् । 

    रुबिना क्षेत्रीको कप्तानीमा रहेको नेपालले बंगलादेशमा एक साताको प्रशिक्षण गरेर कतार पुगेको थियो । घरेलु टोलीसँग भएको तिन टी–ट्वान्टी खेलमा ‘क्लिन स्विप’ गरेपछि नेपाल छनोट खेल्न युएई प्रस्थान गरेको थियो । 


    मंगलवार, मंसिर ७ २०७८०७:१७:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij