Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीलाई ग्रहण लागिसकेको सूर्यको धाक नलगाउन माधव नेपालको चेतावनी

ओलीलाई ग्रहण लागिसकेको सूर्यको धाक नलगाउन माधव नेपालको चेतावनी

  • बुधवार, मंसिर ८ २०७८

  • 636
    SHARES

  • ओलीलाई ग्रहण लागिसकेको सूर्यको धाक नलगाउन माधव नेपालको चेतावनी

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनुभएको छ ।

    पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै धाक लगाएर हिँडिरहनु आवश्यक नरहेको बताउनुभयो ।

    बुधवार (आज) जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दावीसमेत गर्नुभएको छ ।

    अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको उल्लेख गर्दै मंसीर १५ गतदेखि कलम चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गर्नुभएको छ ।

    उहाँले भन्नुभयो, ‘समाजवादको दिशामा अघि बढनका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ ।’

    उहाँले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढनका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रविन्दुमा राखेर अघि बढिरहेको बताउनुभयो।

    अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणा समेत राख्नुभयो । उहाँले मधेश प्रदेश बन्न सक्छ कि सक्दैन ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा भने  जवाफ दिनुभएन । मधेश प्रदेशको सन्दर्भमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने नेता नेपालको भनाइ थियो ।


    बुधवार, मंसिर ८ २०७८०२:२४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij