Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनासँग लड्न सरकारले वीरगञ्ज पठायो उच्च स्तरीय स्वास्थ्य टोली

कोरोनासँग लड्न सरकारले वीरगञ्ज पठायो उच्च स्तरीय स्वास्थ्य टोली

  • आइतवार, श्रावण १८ २०७७

  • 847
    SHARES

  • कोरोनासँग लड्न सरकारले वीरगञ्ज पठायो उच्च स्तरीय स्वास्थ्य टोली

    काठमाडौँ – कोरोना महामारी तीव्र रुपमा फैलिरहेको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।

    स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    वीरगञ्जमा पछिल्लो समय कोरोना संक्रमतिको संख्या निक्कै बढेको छ । त्यहाँ साउन यता मात्रै कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ।

    यसैबीच पछिल्लो चौबिस घण्टामा नेपालमा २४६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ रहेको छ ।


    आइतवार, श्रावण १८ २०७७०४:४४:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij