Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

देशभर थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

देशभर थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

काठमाडौँ उपत्यकामा मात्रै १८१ जनामा पुष्टि
  • बुधवार, मंसिर ८ २०७८

  • 636
    SHARES

  • देशभर थप ३३२ जनामा कोरोना संक्रमण, २३२ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७ जना गरी ३३२ जनामा संक्रमण देखिएको छ ।

    आज काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी काठमाडौं उपत्यकामा मात्र १८१ जनामा संक्रमण पुष्टि भएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् ।

    आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ । ती मध्ये ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५१३ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ३६९ जना सक्रिय संक्रमित रहेका छन् ।


    बुधवार, मंसिर ८ २०७८०४:४९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij