Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

टी–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला टोलीले आज कुवेतसँग खेल्दै

टी–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला टोलीले आज कुवेतसँग खेल्दै

  • बिहिवार, मंसिर ९ २०७८

  • 464
    SHARES

  • टी–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला टोलीले आज कुवेतसँग खेल्दै

    काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आज (बिहीबार) कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको तेस्रो खेलमा बिहान सवा ११ बजे नेपाल र कुवेतबीचको खेल हुनेछ ।

    दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा हुने खेलमा नेपाल जित निकाल्ने योजनामा हुनेछ । छनोट अन्तर्गत पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित नेपालले दोस्रो खेलमा भुटानलाई ८ विकेटले हराएको थियो ।

    विश्वकपको ग्लोबल छनोटका लागि सम्भावना जिवितै राख्न नेपालले आजको खेल पनि जित्नुपर्ने छ ।

    प्रतियोगिताको चौथो खेल नेपालले शुक्रबार मलेसियासँग र पाँचौ खेल आइतबार युएईविरुद्ध खेल्ने छ ।


    बिहिवार, मंसिर ९ २०७८०७:१५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij