Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images
आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोट

मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा उक्लियो

मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा उक्लियो

  • शुक्रवार, मंसिर १० २०७८

  • 597
    SHARES

  • मलेसियालाई हराउँदै नेपाल शीर्षस्थानमा उक्लियो

    काठमाडौँ । आइसिसी वुमन्स टि२० विश्वकप एसिया छनोटमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै शीर्षस्थानमा उक्लिएको छ । यो जितसँगै नेपालको शीर्ष स्थानमा रहँदै आगमी वर्ष हुने टि२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनेको छ ।

    जितको लागि ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३७ बलमा ३ चौकासहित सर्वाधिक ३० रनमा रन आउट भइन् । कप्तान रुविना क्षेत्री बेलबासे २९ बलमा २० रनमा रन आउट भइन् । नेपालले ओपनर इन्दु बर्मालाई ४ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि सीता र रुविनाले ४८ रनको साझेदारी गरेका थिए । कविता जोशी १६ बलमा १० रन बनाउँदै रन आउट भइन् । सरिता मगर १८ बलमा १५ रनमा अविजित रहिन् ।

    यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै ९२ रन जोड्यो । मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन् । मास इलिएसाले १४ तथा युसरिना याकोपले १२ रनको योगदान गरे ।

    नेपालका लागि सवनम राईले सर्वाधिक २ विकेट हात पारिन् । कप्तान रुविना क्षेत्री, सिता राना मगर र कविता कुँवर एक–एक विकेट हात पारे ।

    नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भुटानलाई ८ विकेट र तेस्रो खेलमा कुवेतलाई ९ विकेटले हराएको थियो । नेपालले अन्तिम खेलमा आइतबार युएईसँग खेल्नेछ । उक्त खेलमा विजयी भएमा नेपाल शीर्षस्थानमा रहँदै ग्लोबल क्वालिफायर खेल्ने समीकरण छ । नेपाल विजयी भएको खण्डमा नेटरनरेटमा निर्भर रहनेछ ।

    नेपाल ४ खेलमा ३ मा जित र १ मा हार सहित ६ अंकका साथ शीर्षस्थानमा छ । युएई ३ खेलमा ३ मानै जितका साथ ६ अंक भएपनि नेटरनरेटको आधारमा दोस्रो स्थानमा छ । 


    शुक्रवार, मंसिर १० २०७८०२:२७:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij