Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

लालबाबु पण्डितले किन छाडेँ एमालेको केन्द्रीय सदस्य पद? यस्तो कारण !

लालबाबु पण्डितले किन छाडेँ एमालेको केन्द्रीय सदस्य पद? यस्तो कारण !

  • सोमवार, मंसिर १३ २०७८

  • 805
    SHARES

  • लालबाबु पण्डितले किन छाडेँ एमालेको केन्द्रीय सदस्य पद? यस्तो कारण !

    काठमाडौँ । नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गर्नुभएको छ । पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी पदबाट विदा लिएको घोषणा गर्नुभएको छ ।

    सोमबार (आज) सामाजिक सन्जालमा पूर्वमन्त्री पण्डितले लेख्नुभएको छ, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ।’

    एमाले नेता पण्डितले यसअघि आफू पदाधिकारीमा चुनाव लड्ने बताउनुभएको थियो । खास गरी उहाले पार्टीको सचिव पदमा मागदाबी गर्नुभएको थियो । तर, केपी ओलीले घोषणा गरेको १९ सदस्यीय पदाधिकारीको सूचीमा पण्डितको नाम नपरेपछि उहाले केन्द्रीय सदस्यसमेत त्यागेर संगठित सदस्यमात्रै रहने घोषणा गर्नुभएको हो ।

    उहाँ महाधिवेशन नसकिँदै चितवनबाट काठमाडौं फर्किसक्नुभएको छ।

    lal babu pandit.jpg


    सोमवार, मंसिर १३ २०७८०३:२१:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij