Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २३८ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

कोरोनाका २३८ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

नेपालमा कम्तीमा एक मात्रा खोप लगाउने १ करोड बढी
  • शनिवार, मंसिर १८ २०७८

  • 756
    SHARES

  • कोरोनाका २३८ जना संक्रमित थपिए, ५ जनाको मृत्यु

    काठमाडौँ । देशभर थप २३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार २९५ जनाको पीसीआर परीक्षण गर्दा २२० जना र १ हजार ५०२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनामा संक्रमण देखिएको थियो ।

    यही अवधिमा थप ३९२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भइसकेका छन् । अहिले निको हुने दर ९७.८ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ७४४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

    यस्तै एकैदिन पाँच जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५४० पुगेको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।


    शनिवार, मंसिर १८ २०७८०५:०५:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij