Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागेको महराको दाबी

सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागेको महराको दाबी

  • शनिवार, मंसिर १८ २०७८

  • 688
    SHARES

  • सत्ता गठबन्धन तोड्न विदेशी शक्ति लागेको महराको दाबी

    बुटवल – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पाँच दलीय गठबन्धन तोड्न विदेशी शक्ति लागिपरेको बताउनुभएको छ ।

    पार्टीको सिद्धार्थनगर नगर कमिटीको अधिवेशनलाई शनिबार उद्घाटन गर्दै नेता महराले संविधानबाट प्राप्त उपलब्धि रक्षा गर्ने शक्तिका रुपमा रहेका पाँच दलीय गठबन्धनलाई तोड्न विदेशी शक्ति लागि परेको बताउनुभयो । तर कुन विदेशी शक्ति भन्ने उहाँले स्पष्ट खुलाउनुभएन ।

    अहिलेको गठबन्धन संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि बनेको भन्दै उहाँले भन्नुभयो, ‘हामी संविधानका उपलब्धिहरु जोगाउने पक्षमा छौं । तर अर्को ध्रुव प्राप्त उपलब्धि उल्ट्याएर राजतन्त्र ल्याउने, धर्मनिरपेक्षता हटाउने अभियानमा सक्रिय छन् ।’

    एमाले अध्यक्ष केपी ओलीले संविधान निमोठ्ने र उपलब्धि उल्ट्याउने शक्तिको नेतृत्व गरेको उहाँले आरोप लगाउनुभयो ।

    माओवादी शक्तिहरु एक हुुनपर्नेमा जोड दिँदै महराले बाबुराम भट्टराई, विप्लव लगायतका नेताहरुसँग सहकार्य गरी एक भएर अगाडि बढ्ने गरी छलफल भइरहेको बताउनुभयो ।


    शनिवार, मंसिर १८ २०७८०६:३८:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij