Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेस महाधिवेशन

सुदूरपश्चिममा संस्थापन पक्षका बलायरको प्यानल नै विजयी

सुदूरपश्चिममा संस्थापन पक्षका बलायरको प्यानल नै विजयी

  • आइतवार, मंसिर १९ २०७८

  • 661
    SHARES

  • सुदूरपश्चिममा संस्थापन पक्षका बलायरको प्यानल नै विजयी

    काठमाडौँ । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा वीरबहादुर बलायर विजयी भएका छन् । संस्थापन पक्षका बलायरको प्यानलले नै जित निकालेको छ ।

    शनिवार भएको मतदानमा कुल १ हजार ३ मत खसेको थियो । जसमा बलायरले ६८८ मत ल्याउँदै विजयी भएका हुन् । सभापतिका प्रत्यासी नारायण दत्त मिश्रले २८० मत प्राप्त गरे ।

    यस्तै, उपसभापतिमा जनकराज चौधरीले ६१० र लोकराज अवस्थीले ५२३ मत ल्याउँदै विजयी भए । उपसभापतिका दाबेदारहरु गोपाल सिंह गुरुङले २८१, मन बहादुर रावलले २६३ र हिम बहादुर रावलले १२१ मत प्राप्त गरे ।

    महामन्त्रीमा नरनारायण शाहले ६४८ मत र मेघराज खड्का ले ६३५ मत ल्याउँदै विजय भएका छन् । उनका प्रतिस्पर्धीहरु प्रताप गुर्धामीले १३३, राम बहादुर शाहीले ३०३ मत पाए ।

    सहमहामन्त्रीमा भने गोपाल दत्त भट्टले ५२९ र चिन्तामणि भट्टले ५३३ मत ल्याइ विजयी भए । सहमहामन्त्रीका प्रतिस्पर्धीहरु नरेन्द्र प्रसाद भट्टले २१२, पदम राज पन्तले २५४, लक्ष्मण बहादुर शाहीले १६४ र हर्क बहादुर स्वारले ६८ मत मात्र प्राप्त गरे ।

    महिला सहमहामन्त्रीमा अम्बिका कुमारी चलाउनेले ६८६ मत ल्याइ विजयी भइन् । खिना भण्डारीले २२३ मत मात्र प्राप्त गरिन् ।


    आइतवार, मंसिर १९ २०७८१२:२८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij