Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ : ओली

केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ : ओली

आफ्नो नीतिमा अरुलाई हिँडाउन सुझाव
  • शुक्रवार, मंसिर २४ २०७८

  • 853
    SHARES

  • केही साना दललाई कांग्रेसले हात समाउन छाड्ला भन्ने डर छ : ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अरुका नीतिका पछाडि होइन, आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने सुझाव दिएका छन् । उनले नेपाली कांग्रेस सबैलाई साथ लिएर अगाडि चल्नुपर्ने बताए ।

    शुक्रबार कांग्रेस महाधिवशेनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले देश बनाउन सँगै जाने कुरामा नेकपा एमाले कांग्रेसको साथमा रहेको बताए । ‘हामी सरकारमा छैनौं । प्रतिपक्षमा छौं । प्रतिपक्ष भनेको संसद्को अङ्ग होइन ? हामी लोकतन्त्रको सवालमा सँगै छैनौं ? हामी लडेका छैनौं ? सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला ? नेकपा एमाले एक्लै हिँड्ने रहर पनि गर्दैन । हामी राष्ट्र निर्माणको काममा एकजुट भएर अगाडि बढ्नुपर्छ,’ ओलीले भने ।

    उनले केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर रहेको बताए । ‘सधैँ सुन्छु– सँगै जानुपर्छ, सँगै जानुपर्छ । सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ?,’ उनले प्रश्न गरे ।

    ओलीले कांग्रेसलाई अरुको नीतिको पछाडि हिँड्ने होइन आफ्नो नीतिमा अरुलाई हिँडाओस् भन्ने शुभकामना दिँदै देउवालाई प्रधानमन्त्री होइन सरकारको नेता बन्न सुझाव दिए ।


    शुक्रवार, मंसिर २४ २०७८०५:३४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij