Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

शेखरलाई समर्थन गर्दै युवराज न्यौपानेले लिए उम्मेदवारी फिर्ता

शेखरलाई समर्थन गर्दै युवराज न्यौपानेले लिए उम्मेदवारी फिर्ता

  • आइतवार, मंसिर २६ २०७८

  • 582
    SHARES

  • शेखरलाई समर्थन गर्दै युवराज न्यौपानेले लिए उम्मेदवारी फिर्ता

    काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका गोरखाका युवराज न्यौपानेले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । आज मध्यान्ह साढे १२ बजेअघि उहाले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिनुभएको हो ।

    सो अघि पत्रकारहरुसँग कुरा गर्दै उहाले आफूले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाले सभापतिका उम्मेदवार शेखर कोइरालाको टीम प्रगतिशील रहेको भन्दै उहालाई सघाउने पनि बताउनुभएको छ ।

    यसैबीच निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिनका लागि प्रदान गरेको समय सकिएको छ । समितिले उम्मेदवारी फिर्ता लिने समय साढे १२ बजेसम्म तोकेको थियो । अब सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ ।

    फिर्ता लिने समय सकिएसँगै उम्मेदवारको अन्तिम नामावली प्रकाशन आजै गरिने छ भने मतदान भोलि बिहान ८ बजेदेखि हुनेछ ।


    आइतवार, मंसिर २६ २०७८०१:०८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij