Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
काँग्रेस १४औँ महाधिवेशन

कांग्रेस १४ औं महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन

कांग्रेस १४ औं महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन

  • आइतवार, मंसिर २६ २०७८

  • 963
    SHARES

  • कांग्रेस १४ औं महाधिवेशन: उम्मेदवारको अन्तिम नामावली प्रकाशन

    काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा उम्मेदवारको अन्तिम नामावली टाँसेको छ ।

    जस अनुसार सभापतिमा ५, दुई जना उपसभापतिका लागि ७, दुई जना महामन्त्रीका लागि ६ र ८ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

    शनिबार(हिजो) नयाँ केन्द्रीय समितिको पदाधिकारी र केन्द्रीय सदस्य गरी १३४ पदका लागि ५४८ जनाले मनोनयन दर्ता गराएका थिए । तीमध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ५५ जनाले मनोनयन फिर्ता लिएका छन् । प्रदेश २ का दुई केन्द्रीय सदस्य भने निर्विरोध भएका छन् ।


    आइतवार, मंसिर २६ २०७८०३:२३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij