Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एमालेको अवरोधकैबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

एमालेको अवरोधकैबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

  • मंगलवार, मंसिर २८ २०७८

  • 535
    SHARES

  • एमालेको अवरोधकैबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश

    काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुको विरोधकाबीच प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश भएका छन् ।

    गृहमन्त्री बालकृष्ण खाँणका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नुभएको हो ।

    त्यस्तै मन्त्री बडुले सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेश गर्नुभएको छ । एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गर्नुभएको छ । त्यसैगरी कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गर्नुभएको छ ।

    सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।

    सभामुख सापकोटाले अर्को बैठक पुस ६ गते मंगलबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको घोषणा गर्नुभएको छ ।


    मंगलवार, मंसिर २८ २०७८०२:४२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij