Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

“ एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ ” : श्रेष्ठ

“ एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ ” : श्रेष्ठ

  • बुधवार, मंसिर २९ २०७८

  • 504
    SHARES

  • “ एमालेले लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ ” : श्रेष्ठ

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)ले संसद् बैठक लगतार अवरुद्ध गरेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको आरोप लगाउनु भएको छ ।

    उहाँले एमालेको अवरोधलाई अन्ध पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठको संज्ञा दिनुभएको छ ।साथै संसद् सञ्चालनका लागि अपिल पनि गर्नुभएको छ।

    “नेकपा (एमाले)ले संघीय संसद्को बैठक लगतार अवरुद्ध गरिरहेर लोकतन्त्रलाई लज्जास्पद रूपमा प्रहार गरिरहेको छ,” आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले भन्नुभएको छ,पार्टीगत स्वार्थ र विवेकहीनताको पराकाष्ठ हो यो ।

    लोकतान्त्रिक मान्यतालाई आत्मासात् गर्दै संसद् सुचारु गर्न नेकपा (एमाले) लाई गम्भीर अपिल गर्दछु ।”एमालेले पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गर्न माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ ।

     


    बुधवार, मंसिर २९ २०७८११:१०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij