Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

  • शनिवार, पौष ३ २०७८

  • 535
    SHARES

  • थप १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १८९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४८३ पीसीआर परीक्षणमा १५८ र २ हजार ५१४ एन्टिजेन परीक्षणमा ३१ जना गरी १८९ जनामा संक्रमण पुष्टि भ्एको हो ।

    सोहि अवधिमा थप २५० जना सङ्क्रमणमुक्त भएका छन् भने थप २ जनाको मृत्युभएको छ । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ८ हजार ६०३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ । हाल देशभर ५ हजार ४२८ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै हालसम्म देशभर ११ हजार ५७२ जनाको संक्रमण्का कारण मृत्यु भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ९३८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म २ करोड १५ लाख ५७ हजार ०८३ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ । यसमध्ये ९५ लाख ८२ हजार ४९६ जनाले पूर्ण मात्रा र १ करोड १९ लाख ७४ हजार ५८८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।


    शनिवार, पौष ३ २०७८०४:१७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij