काठमाडौँ । सिरहाको गोलबजारमा दुई समूहबीचको झडपमा एक युवकको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका-६ गोलबजारमा शनिबार राति दुई समूहबीच झडप हुँदा छुरा प्रहारबाट स्थानीय २६ वर्षका रामकुमार सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुवास बुढाथोकीले जानकारी दिनुभयो ।
उहाका अनुसार शनिबार(हिजो) राति पौने ८ बजेतिर भएको झडपका क्रममा अर्का एक जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका निकेश सदाको आरके मेडिसिटी अस्पतालमा उपचार भइरहेको डीएसपी बुढाथोकीले बताउनुभयो ।
झडपमा संलग्नहरु फरार रहेको र खोजी भइरहेको प्रहरीले बताएको छ । घटनाको दोषीलाई कारबाहीको माग गर्दै स्थानीय वासिन्दाले आइतबार(आज) दिउँसो गोलबजारमा राजमार्गसमेत अवरुद्ध गरेका थिए ।
डीएसपी बुढाथोकीका अनुसार अहिले भने राजमार्गको अवरोध हटेको छ ।