Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

विश्वविद्यालयले युग सापेक्ष शैक्षिक सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

विश्वविद्यालयले युग सापेक्ष शैक्षिक सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

  • सोमवार, पौष ५ २०७८

  • 939
    SHARES

  • विश्वविद्यालयले युग सापेक्ष शैक्षिक सुधार गर्न आवश्यक छः प्रधानमन्त्री देउवा

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयको शिक्षा औपचारिक र सैद्धान्तिक मात्रै नभएर व्यवहारिक, जीवनोपयोगी र समाजको विकास र रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिनुभएको छ ।

    आज त्रिभुवन विश्वविद्यालयको ४७ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई तीव्र रूपान्तरण गर्न सिर्जनात्मक, परिवर्तनशील र युग सुहाउँदो वैज्ञानिक र प्राविधिक जनशक्तिको उत्पादन हुने किसिमको हुनुपर्ने बताउनुभएको हो ।

    ‘यस सन्दर्भमा आजको प्रतिस्पर्धी विश्व शैक्षिक बजारमा विश्वविद्यालयले युग सापेक्ष शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न आवश्यक छ’। प्रधानमन्त्री देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले मुलुकको शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको सकारात्मक परिवर्तनका लागि हुनुपर्ने भन्दै त्यस्तो शिक्षा प्रदान गर्ने अवसर सबैलाई समान रूपमा सुनिश्चित हुनुपर्ने समेत बताउनुभएको छ ।

    प्रधानमन्त्री देउवाले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षामात्र निःशुल्क नभई विश्वविद्यालय स्तरको शिक्षा समेत सर्वसुलभ बनाएको भन्दै विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण बनाइदिएको बताउनुभयो ।

    उहाले उच्च शिक्षामा अझै पनि आर्थिक हैसियत भएका सीमित र वर्ग र समुदायले मात्रै पाएको भन्दै सरकार त्यो मान्यता तोड्न चाहिरहेको बताउनुभयो ।

    कार्यक्रममा विश्वविद्यालयबाट बिभिन्न संकायका परीक्षाहरुमा सर्वोत्कृष्ट अङ्क प्राप्त गरी सर्वप्रथम हुने उत्कृष्ट २१ विद्यार्थीलाई २९ विधामा पदक एवं पुरस्कार वितरण गरिएको छ भने दीक्षित बिद्यार्थीहरुलाई प्रमाणपत्र बितरण गरिएको थियो ।

     


    सोमवार, पौष ५ २०७८०२:४७:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij