काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २२० जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ४ हजार १४१ जनाको पीसीआर परीक्षण गर्दा २१८ र १ हजार ४१६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट २ जनामा संक्रमण देखिएको छ ।
योसँगै कूल संक्रमितको संख्या ८ लाख २५ हजार ९५४ जना पुगेको छ । ती मध्ये ५ हजार २२५ जना सक्रिय संक्रमित छन् । गत २४ घण्टामा २६३ जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ८ लाख नौ हजार १५५ पुगेको छ ।
उक्त अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५७४ पुगेको छ ।