Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी नेताहरु भन्छन्– प्रचण्डको विकल्पै छैन

माओवादी नेताहरु भन्छन्– प्रचण्डको विकल्पै छैन

  • बिहिवार, पौष ८ २०७८

  • 1.2K
    SHARES

  • माओवादी नेताहरु भन्छन्– प्रचण्डको विकल्पै छैन

    काठमाडौँ – १४ असोजमा अनेरास्ववियु क्रान्तिकारीकोे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार, राजनीति र योजनासहित नेतृत्वका लागि विकसित भएर आउन पार्टीका नेताहरुलाई आह्वान गर्नुभयोे ।

    तर अहिले नै उत्तराधिकारी घोषणा गर्ने गल्ती भने आफूले नगर्ने उहाँले बताउनुभयो । कुनै नेताले सबैलाई मिलाएर लान सक्ने देखेमा आफू किताब लेखेर बस्ने भन्दै उहाँले नेतृत्वका लागि आफ्नो विकल्प दिन चुनौती दिनुभयो ।

    प्रचण्डले आफ्नो विकल्प दिन सार्वजनिक समारोहबाटै चुुनौती दिए पनि माओवादी नेताहरु त्यसका लागि तयार देखिएका छैनन् । बरु उनीहरु प्रचण्डको विकल्प नरहेको र अहिले राष्ट्रिय राजनीतिलाई पनि प्रचण्डकै आवश्यकता रहेको बताइरहेका छन् ।

    स्थायी कमिटी सदस्य लिलामणि पोखरेल प्रचण्डलाई विश्राम दिने बेला भइनससकेको जिकिर गर्नुहुन्छ ।

    प्रचण्ड तीन दशक भन्दा धेरै समयदेखि पार्टी नेतृत्वमा अनवरत हुनुहुन्छ । लामो समय नेतृत्वमा रहेर पनि धित नमारेको भन्दै आलोचकहरु उहाँविरुद्ध खनिने गर्छन् । अहिले सबै पार्टीहरुमा पुस्तान्तरणको बहस पनि चर्काे छ ।

    तर युवा नेता लेखराज न्यौपाने प्रचण्डले नचाहेसम्म माओवादीमा पुस्तान्तरणको सम्भावना देख्नुहुन्न । अहिलेको राष्ट्रिय सम्मेलनबाट प्रचण्डले पहलकदमीको सुरुवात गरे अर्को महाधिवेशनसम्म पुस्तान्तरण सम्भव हुन सक्ने उहाँ बताउनुहुन्छ । तर अरु नेताहरुले मात्रै चाहदैमा नेतृत्वको पुस्तान्तरण हुने छाँट नदेखिएको उहाँले बताउनुभयो ।

    युवा पुस्ताकी अर्की नेतृ रेखा शर्मा भने प्रचण्डपछि पनि माओवादीमा सक्षम नेतृत्व रहेको दाबी गर्नुहुन्छ । श्रृङखलाबद्ध रुपमा माओवादीमा नेतृत्व तयार भए पनि प्रचण्डको विकल्प भने तत्काल नदेखिएको उहाँ पनि बताउनुहुन्छ ।

    तत्काल प्रचण्डकै नेतृत्वमा माओवादी आन्दोलन गोलबन्द हुने उहाँले बताउनुभयो । प्रचण्डको विकल्प चाहियो भन्दैमा कसैलाई टिका लगाउन भने नहुने उहाँका मत छ । आन्दोलनबाट खारिएर आए नेतृत्व स्थापित हुने उहाँले बताउनुभयो ।

    प्रचण्डको भनाइ र नेताहरुका प्रतिक्रिया हेर्दा यसपटक पनि माओवादीको मूल नेतृत्वमा प्रचण्डको विकल्प आउने देखिँदैन । चाहेर पनि नेतृत्व छाड्ने स्थिति नरहेको प्रचण्ड लगातार दोहो¥याइरहनुभएको छ । प्रचण्ड लाखौँ जनताले स्थापित गरेको नेतृत्व रहेको उहाँ बताइरहनुभएको छ ।

    अध्यक्षमा प्रचण्ड नै रहने लगभग निश्चित भएका बेला उपाध्यक्ष र महासचिवका लागि माओवादीभित्र मारामार चलिरहेको छ । नारायणकाजी श्रेष्ठलाई उपाध्यक्षको बलियो दाबेदार मानिएको छ भने महासचिवमा जनार्दन शर्मा, वर्षमान पुन र कृष्णबहादुर महरा लगायतको दाबेदारी छ । अध्यक्षपछिको शक्तिशाली मानिने महासचिव पद पार्टी एकता गरेर विपल्वलाई सुम्पने चर्चा पनि माओवादीभित्र चलिरहेको छ ।


    बिहिवार, पौष ८ २०७८०७:३५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij