Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नेपालद्धारा कुवेतलाई २४० रनको लक्ष्य

नेपालद्धारा कुवेतलाई २४० रनको लक्ष्य

  • मंगलवार, पौष १३ २०७८

  • 475
    SHARES

  • नेपालद्धारा कुवेतलाई २४० रनको लक्ष्य

    एसिसी यू–१९ एसिया कपमा नेपालले कुवेतलाई २४० रनको लक्ष्य दिएको छ।

    दुबईमा टस जितेको कुवेतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४२.३ ओभरमा २३९ रनमा अलआउट भयो।

    नेपालका लागि दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरे। विवेक रानामगरले ५० रन जोडे भने बासिर अहमेदले ५६ रनको योगदान दिए। विवेकले ७१ बलमा ६ चौका हिर्काउँदा बासिरले ६१ बलमा ७ चौका र १ छक्का प्रहार गरे।

    मोहमद आदिल भने एक रनले अर्धशतक बनाउन चुके। ४९ रनमा आउट हुनुअघि उनले ४२ बलमा २ चौका ५ छक्का हिर्काए। शेर मल्लले २१ रनको योगदान दिए।

    ओपनरद्वय सन्तोष कार्की र देव खनाल ५(५ रनमा आउट भए। अर्जुन साउद १० रन, विवेक यादव ०, गुल्शन झा ७ रनमा आउट भए भने दिपेश कडेँलले १५ रनको योगदान दिए।

    बलिङमा कुवेतका मिर्जा अहमेद र अब्दुल सदिकले ३–३ विकेट लिए।

    दुवै टिम यसअघि नै समूह चरणबाट बाहिरिसकेका छन्। दुवैलाई श्रीलंका र बंगलादेशले हराएका थिए।


    मंगलवार, पौष १३ २०७८०२:५५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij