Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकैदिन थपिए ३८१ संक्रमित, १३० संक्रमणमुक्त

एकैदिन थपिए ३८१ संक्रमित, १३० संक्रमणमुक्त

  • बुधवार, श्रावण २१ २०७७

  • 657
    SHARES

  • एकैदिन थपिए ३८१ संक्रमित, १३० संक्रमणमुक्त

    काठमाडौँ – नेपालमा थप ३८१  कोरोना संक्रमित थपिएका छन्। पछिल्लो चौबिस घण्टामा देशभर ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

    पछिल्लो चौबिस घण्टामा जम्मा ६ हजार ३ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म ४ लाख १२ हजार ९ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको डा. गौतमले बताए ।

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ । क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या ९ हजार ९ सय २५ रहेको छ ।

    पछिल्लो चौबिस घण्टामा १३० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त भएर आएसोलेसनबाट डिस्चार्ज हुनेहरुको संख्या १५ हजार १ सय ५६ पुगेको छ ।

    नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ६० पुगेको मन्त्रालयले जनाएको छ।


    बुधवार, श्रावण २१ २०७७०४:३१:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij