Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पति छानविन गर्न माग गर्दै उजुरी

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पति छानविन गर्न माग गर्दै उजुरी

  • शुक्रवार, पौष १६ २०७८

  • 511
    SHARES

  • पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरुको सम्पति छानविन गर्न माग गर्दै उजुरी

    काठमाडौँ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीशहरू, पूर्व न्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरू लगायतको सम्पत्ति छानविन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ ।

    न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्व प्रधानन्यायाधीशहरू, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले आज सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष अधिवक्ता स्वागत नेपालको नेतृत्वमा गएको टोलीले विभागका उपमहानिर्देशक कमल ढकाललाई उजुरी पत्र बुझाएका हुन् ।

    अभियानका अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले पनि बेञ्च वार समन्वय समितिमा रहने न्यायाधीशहरु लगायत पूर्व न्यायाधीशहरु, बारका पूर्व नेतृत्व र वर्तमान नेतृत्व भ्रष्टाचारमा संलग्न रहेको पुष्टि गरेको बताउनुभयो ।

    उनीहरुले भ्रष्टाचार गरेर सम्पत्ति कमाएको ठहर अभियानले समेत गरेकाले छानविनको माग गर्दै उजुरी दिएको अधिवक्ता नेपालले बताउनुभयो ।

    अभियानले पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीशहरुको निधन भइसकेको अवस्था देखिएमा उहाका परिवारका सदस्यउपर पनि छानविन गरिनुपर्ने माग गरेको छ ।


    शुक्रवार, पौष १६ २०७८०२:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij