Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुको आपत्ति

चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत शुल्क लिएको भन्दै विद्यार्थी संगठनहरुको आपत्ति

  • शुक्रवार, पौष १६ २०७८

  • 776
    SHARES

  • चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरीत शुल्क लिएको भन्दै  विद्यार्थी संगठनहरुको आपत्ति

    काठमाडौँ । चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित काठमाडौं विश्वविद्यालय मातहतका कलेजले शुल्क लिएकोप्रति सात विद्यार्थी संगठनले विरोध जनाएका छन् ।

    काठमाडौं विश्वविद्यालयका सम्बन्धन प्राप्त मेडिकल कलेजहरू काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणिपाल मेडिकल कलेज कास्कीले एमबिबीएस, बिडिएस र बि नर्सिङमा राज्यले तोकेको भन्दा बढी आफूखुसी शुल्क लिएको विद्यार्थीले आरोप लगाएका छन् ।

    विभिन्न बहानामा लाखौं रुपैयाँ अतिरिक्त शुल्क लिएको गुनासो आएको र त्यसविरुद्ध भएको आन्दोलनको समेत उनीहरुले विरोध गरेका छन् । सात विद्यार्थी संगठनले आज (शुक्रबार) विज्ञप्ति निकालेर विद्यार्थीहरुको जायज माग सम्बोधन गर्न माग समेत गरेका छन् ।

    विज्ञप्ति निकाल्नेमा काग्रेस निकट नेविसंघ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी, एकीकृत समाजवादी निकट अनेरास्ववियु, जसपा निकट समाजवादी विद्यार्थी यूनियन, क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं छन् ।

    चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीहरु लाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन विद्यार्थी संगठनहरुले जोडदार माग गरेका छन् । अन्यथा विद्यार्थीहरुको पक्षमा सयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने र यसबाट उत्पन्न हुने परिणाम स्वयं कलेजले भोग्नु पर्ने चेतावनी विद्यार्थी संगठनहरुले दिएका छन् ।

    bigyapti.jpg


    शुक्रवार, पौष १६ २०७८०३:२५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij