Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माओवादी महाधिवेशनः सहमतिको प्रयास जारी, नभए लोकतान्त्रिक अभ्यासमा जाने प्रचण्डको भनाई

माओवादी महाधिवेशनः सहमतिको प्रयास जारी, नभए लोकतान्त्रिक अभ्यासमा जाने प्रचण्डको भनाई

  • शनिवार, पौष १७ २०७८

  • 568
    SHARES

  • माओवादी महाधिवेशनः सहमतिको प्रयास जारी, नभए लोकतान्त्रिक अभ्यासमा जाने प्रचण्डको भनाई

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति र पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने बताएका छन् ।

    शनिबार महाधिवेशन बन्दसत्रमा सम्बोधन गर्दै उनले सहमतिका लागि कोशिस गर्ने तर सहमति नभएमा लोकतान्त्रिक अभ्यास कुण्ठित नगर्ने बताएका हुन् ।

    शनिबार अबेरसम्म भए पनि केन्द्रीय समिति र पदाधिकारी टुंगो लगाउने आफूहरुको चाहना भएको प्रचण्डले बताए ।

    उनका अनुसार केन्द्रीय समिति र पदाधिकारीमा सहमति जुटाउनका लागि अध्यक्ष मण्डललाई ५ बजेसम्मको समय दिइएको छ । त्यसपछि सहमति नभए निर्वाचन समितिले प्रक्रिया अघि बढाउने प्रचण्डको भनाइ छ ।

    माओवादीले पालिका र प्रदेशस्तरमा निर्वाचनको अभ्यास गरेको भन्दै महाधिवेशनमा पनि त्यो अभ्यास गर्न सकिने प्रचण्डको भनाइ छ ।


    शनिवार, पौष १७ २०७८०३:२५:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij