Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

  • सोमवार, पौष १९ २०७८

  • 604
    SHARES

  • थप ३२६ जनामा कोरोना संक्रमण, २ को मृत्यु

    काठमाडौं । देशभर थप ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ९ हजार ७ सय जनाको पीसीआर परीक्षणमा २९१ र २ हजार ७९८ एन्टीजेन परीक्षणमा ३५ गरी ३२६ जनामा संक्रमण पुष्टि भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५९८ पुगेको छ ।

    सोमबार २५५ जना संक्रमणमुक्त भएका छन् । यसैगरी, देशभर हालसम्म ५ हजार पाँच जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    सोमवार, पौष १९ २०७८०५:१६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij